कतारले राख्यो नेपालसहित ५७ देशलाई रातो सूचीमा !

Posted on: 07 Jan, 2022

पुस २३,काठमाडौँ | कोरोना र यसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्या बढेपछि कतारले नेपालसहित ५७ देशलाई रातो सूचीमा राखेको छ । 

कतारको जनस्वास्थ्य मन्त्रालयले नेपाललगायत भारत, इजिप्ट, बंगलादेश, बोत्सवाना, लेसोथो, नामिबिया, पाकिस्तान र जिम्बाब्वेलाई असाधारण रातो सूचीमा राखेको छ ।

त्यसैगरी टर्की, बेलायत र संयुक्त राज्य अमेरिका पनि हरियो सूचीबाट रातो सूचीमा परेको खरबटाइम्सले जनाएको छ ।

कतार भित्रिने यात्रुहरूका लागि परिवर्तित सूची अनुसारको कोरोना नियन्त्रण मापदण्ड जनवरी ८, शनिबार बेलुकी ७ बजेबाट लागू हुनेछ ।  

रातो सूचीमा सूचीकृत देशहरूबाट कतार जाने यात्रुहरूले कतार पुग्नुभन्दा ७२ घण्टा अघि पीसीआर परीक्षण गर्नुपर्नेछ । उनीहरूले कतार पुगेपछि २ दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । 

कोरोना विरूद्वको खोप नलगाएका यात्रुहरूले कतारमा जान पाउने छैनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!