दक्षिण कोरियाको रोजाइमा नेपाली ! ६६ हजार विदेशी कामदार लैजाने !

Posted on: 12 Dec, 2021

मङ्सिर २६, काठमाडौँ | दक्षिण कोरियाले सन् २०२२ का लागि ६६ हजार विदेशी कामदार लैजाने भएको छ । ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुनेछन् । शुक्रबार बसेको विदेशी कामदार पोलिसी निर्धारण समितिको बैठकले कोटा तोकेको हो । 

प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार दक्षिण कोरियाले भाषा परीक्षा गरेका नयाँ र कोरियामा ४ वर्ष १० महिना काम गरी फर्केर स्पेशल भाषा परीक्षा (सिबिटी) परिक्षा उत्तीर्ण दुबै तर्फका भएको बताइएको छ ।

कोरियाले नेपाल, पाकिस्तात, भियतनाम, श्रीलंका, बंगलादेश, फिलिपिन्स, कम्बोडियालगायत एशियाका विभिन्न १६ वटा देशहरुबाट विदेशी कामदार लैजाने गरेको छ । नेपाली कामदार मिहेनती र इमान्दार रहेकाले कोरियन रोजगारदाताको रोजाइमा पर्ने गरेका छन् । तर नेपाली कामदारको कोटा निर्धारण भइसकेको छैन ।

लगिने ६६ हजार विदेशी कामदारमध्ये कोरीयाले उत्पादनमूलक क्षेत्रमा ४३, कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३०, माछापालनमा ४ हजार ६ सय ४० र निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० जना छुट्याइएको हो । नेपालबाट जाने कामदार उत्पादनमूलक र कृषिक्षेत्रमा दक्षिण कोरिया जाने गरेका छन् ।   

कोरोना महामरी शुरू हुनु अघि नेपालबाट  ५ हजार बढी कामदार कोरिया जाने गरेका थिए । तर कोरोनाको संक्रमण बढेपछि नेपाली कामदार जाने क्रममा सुस्तता आएको हो ।

विदेशी कामदारको अभाव झेलिरहेको कोरियाले जनवरी १ देखि अप्रिल १२ तारिखसम्म भिसा अवधि सकिन लागेका विदेशी कामदारहरुलाई थप १ वर्ष भिसा थप गर्ने  निर्णय गरेकोे  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!