नयाँ श्रमिक मलेसिया जानेमा अन्योल, भिसाको अवधि भएकालाई खुला

Posted on: 30 Oct, 2021

कात्तिक १३, काठमाडौँ | नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । 

दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।

भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया जान सक्नेछन् । 

मलेसियाले आवागमन नियन्त्रण लागु गरेदेखि नै दूतावासले स्थगित गरेको मागपत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!