असोजमा मात्र ५६८ म्यानपावरबाट २६ हजार बढीले वैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिए

Posted on: 29 Oct, 2021

कात्तिक १२, काठमाडौँ | असोज महिनामा मात्र २६ हजार ९१ जनाले वैदेशिक रोजगारमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरण अनुसार एकै महिनामा ५६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाउन अन्तिम प्रक्रिया अन्तर्गत श्रम स्वीकृति लिएका छन् । रिपोर्ट अनुसार असोज महिनामा धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालिबाट वैदेशिक रोजगारका लागि जान सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । उक्त म्यानपावरबाट १९ जना महिला सहित ६१७ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् । 

त्यस्तै असोज महिनामा जावलाखेल स्थित अक्सफोर्ड इन्टरनेशनल प्रालीले ५८४ जना पुरुष कामदारको अन्तिम श्रम स्वीकृति लिएको छ । 

त्यस्तै तेश्रो नम्बरमा ललितपुरमै रहेको प्याराडाइज इन्टरनेशनल प्रालिले ३१ महिला कामदार सहित ५११ जनाको अन्तिम श्रमस्वीकृति लिएको छ । 

असोज महिनामा अन्तिम श्रम स्वीकृति लिनेहरुमा चौथोबाट क्रमश: ट्यालेन्ट ओभर्सिस सर्भिसेस प्रालिले ३ महिला कामदार सहित ४८२ जना, फजल इन्टरनेशल प्रालिले १ महिला सहित ४१६ जना, एडभान्स्ड म्यानेजमेन्ट कन्सलट्यान्टस प्रालिले १२ महिला सहित ३७२ जना र सपोर्ट ह्युमन रिसोर्स प्रालिले ५२ महिला सहित ३३७ जनाको अन्तिम श्रम स्वीकृति निकालेका छन् । 

असोज महिनामा वैदेशिक रोजगारको लागि धेरै कामदार पठाउने २० म्यानपावरहरुको सूची हेर्नुहोस्: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!