वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिए

Posted on: 29 Aug, 2021

भदौ १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव दिपक काफ्लेलाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा पठाएको छ । काफ्लेले बुधबार विभागमा पदवहाली गरी जिम्मेवारी सम्हालेका हुन् ।

त्यसअघि उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ताको जिम्मेवारीमा थिए । मन्त्रालयमा आउनु अघि उनी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।

गत बैशाख ५ गते विभागको महानिर्देशकको जिम्मेवारीमा आएका विभागका तत्कालीन महानिर्देशक कृष्ण प्रसाद दवाडीले उमेरहदका कारण भदौ ४ गतेबाट सेवाबाट अवकास लिएपछि महानिर्देशक पद रिक्त रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!