रोजगारदाताबाटै श्रमिकलाई नि:शुल्क खोपको व्यवस्था गर्न संघको भूमिका खोइ ?

Posted on: 09 Aug, 2021

साउन २५, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नि:शुल्क कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन संघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । 

रोजगारदाता मुलुकहरूले आफ्नो मुलुक प्रवेशको लागि अनुमति दिंदा केही समय पस्चात कोभिड -१९ भ्याक्सिन, ट्रिपल डोज वा चौंथो डोज लगाएको क्युआर कोड अंकित प्रमाणपत्र माग्ने पक्का छ, गुरुङले साझा सबालासंग कुराकानी गर्दै भने 'नेपाल सरकारले खोप दिन प्रयासरत रहेको देखिन्छ तर रोजगारदाता मुलुकले फरकफरक भ्याक्सिन प्रयोग गरिरहेको कारण समस्या उत्पन्न भएको छ ।'

नेपाली बेरोजगार युवाहरु लाई सहज तरिकाले वैदेशिक रोजगारसग जोड्नको लागि वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि भ्याक्सिनको व्यवस्था रोजगारी दिने मुलुकको सरकारले एप्रुप गरे अनुसारको भ्याक्सिन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनले बताए । 

रोजगारदाता कम्पनी वा त्यहाँको सरकारद्वारा नि:शुल्क उपलब्ध गर्न/गराउन नेपालमा रहेका रोजगारदाता मुलुकका दूतावासहरु (कतार, युएई, साउदी अरब, मलेसिया) संग  व्यवसायी संघले तत्काल छलफल तथा अनुरोध गरि समस्या समाधान गर्न व्यवसायी संघलाई उनले सुझाव दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!