बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई निःशुल्क खान–बस्नसहित तालिम,कहाँ सम्पर्क गर्ने ?

Posted on: 14 Feb, 2021

फागुन २, काठमाडौँ । बैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि सुरक्षित आप्रवासन परियोजना सामीले निःशुल्क खान बस्नसहित सीपमुलक तालिम सिकाउने भएको छ । डकर्मी, स्काफोल्डिङ, पलम्बिङ, सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन र गार्मेन्ट गरि ६ प्रकारका नि:शुल्क तालिम दिन लागेको हो । 

यसरी गार्मेन्ट तालिम सिकेर जोर्डन जानको लागि लगानी नलाग्ने सामीले जनाएको छ । सामान्य लेखपढ गर्न जान्ने देखि १० कक्षासम्मको शैक्षिक योग्यता भएका १९ देखि ३५ वर्ष उमेरसमुहका पुरुष र १९ देखि ३० वर्ष उमेर समुहका महिला तालिममा सहभागी हुन सक्नेछन् ।

सामीका अनुसार काठमाण्डौ धनुषा र झापाका विभिन्न ठाउँमा तालिम सञ्चालन गरिएन भएको छ ।  केही ठाउँमा तालिम सुरु भइसके पनि धेरै ठाउँमा तालिम सञ्चालनको तयारीमा रहेकाले समयमै आवेदन भरेर आफ्नो सीट सुरक्षित गर्न सामीले आग्रह गरेको छ ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले नि:शुल्क रुपमा यस्ता तालिम दिदै आएको छ ।

तालिम सम्बन्धी थप जानकारीको लागि ९८४०२४८०३४ मा सम्पर्क गरेर बुझ्न सकिने सामीले जनाएको छ । यसरी सिप सिकेर विदेश जाँदा भनेको काम सजिलै पाइने,काम गर्दा दुःख नपाइने र ठगीबाट जोगिन सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!