सीटीईभीटीका सबै परीक्षा रद्द

Posted on: 25 Jan, 2022

माघ ११, काठमाडौँ | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का सबै परीक्षा रद्द हुने भएका छन् । कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको सिटिइभिटीले जनाएको छ ।

परीक्षा बन्दको सुचना भोलिको गोरखापत्रमा प्रकाशित हुने पनि जनाइएको छ । आगामी माघ १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी सिटिइभिटीले योजना थियो ।

यसैगरी, परिषदले क्रमशः वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारीमा थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!