पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित

Posted on: 21 Jan, 2022

माघ ७, काठमाडौँ | पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ । 

परीक्षा नियन्त्रक प्रा.मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर)का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् । 

उनका अनुसार ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!