कोरोना प्रोटोकल पालना नभएको भए त्रिविका परीक्षा स्थगित गर्नुपर्छ : प्रधानमन्त्री देउवा

Posted on: 20 Jan, 2022

माघ ६, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा सामाजिक दूरी कायम र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए-नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्रीले त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोरोना भाइरस (कोभिड) प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए-नभएको अनुगमन गर्न निर्देशन गरेका हुन् ।

प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानिटाइजर एथेष्टमात्रामा नभएको पाइएमा केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका छन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!