केयूको परीक्षा अनिश्चितकालका लागि स्थगित

Posted on: 20 Jan, 2022

माघ ६, काठमाडौँ | विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको जनाएको छ। माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका सहप्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए।

उनले भने, ‘२ गतेदेखि हुन लागेको काठमाडौँ युनिभर्सिटी कलेज अफ म्यानेजमेन्टको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेका छौं ।’

विश्वविद्यालयले लिने कुनै पनि परीक्षामा विद्यार्थी संक्रमित भएको प्रमाणपत्र पेस गरे सेमेस्टर अथवा वर्ष नगुम्ने गरी तत्काल परीक्षाको व्यवस्था गर्ने निर्णय समेत गरेको प्याकुरेलले जानकारी दिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!