मीनबहादुर शाहीको ‘सङ्घीयतामा शिक्षा’ सार्वजनिक

Posted on: 09 Jan, 2022

पुस २५,काठमाडौँ । डा. मीनबहादुर शाहीले लेख्नुभएको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ । 

शिक्षाविद् डा. विद्यानाथ कोइराला र डा. हरि लम्सालले यहाँ आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गर्नुभएको हो । सो अवसरमा उहाँहरुले नेपालको शैक्षिक अवस्थाका बारेमा जानकारी लिन पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तकमा शिक्षा क्षेत्रका धेरै विषय समेटिएको उहाँहरुको भनाइ थियो ।

नेपालमा लामो समयसम्म शिक्षामा देखिएका चुनौती समाधान हुनसकेको छैन । तिनलार्ई एकीकृतरुपमा पुस्तकमार्फत समाधानको पहल गर्न सहयोग मिल्ने लेखक शाहीले बताउनुभयो । सङ्घीय प्रणालीमा अबको शिक्षालाई सही ढङ्गबाट अघि बढाउनका लागि के के चुनौती छन् र ती चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि पुस्तकमा खाका प्रस्तुत गरिएको जनाइएको छ । 

अबको शिक्षा कस्तो हुनु आवश्यक छ जस्ता विषय पनि पुस्तकमा समेटिएको लेखक शाहीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!