राष्ट्रिय परीक्षा बोर्डले गर्यो एसइईको नतिजा बुधबारभित्र निकाल्ने तयारी

Posted on: 02 Jul, 2023

असार १७, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही बुधबारसम्म निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले जानकारी दिए ।

उनले भने  “बुधबारसम्म नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको छ । अन्तिम चरणका केही काम बाँकी छन्, ती काम सकिएलगत्तै बोर्ड बैठक बसी नतिजा सार्वजनिक गरिन्छ |,” 

यस वर्षको नतिजामा बोर्डल पुरानै ग्रेडिङ प्रणालीअनुसार ग्रेड छुट्याउने भएको छ ।  यस वर्ष एसईई दिएका विद्यार्थीले पुरानै पाठ्यक्रम अनुसार पढेकाले नयाँ पाठ्यक्रम अनुसार पढाइ हुन थालेपछि मात्रै नयाँ ग्रेडिङ लागु गर्ने तयारी भएको उनले बताए । ग्रेडिङबारे बोर्डले अन्तिम निर्णय गर्न भने बाँकी छ । २०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!