बेलायतमा नेपालीद्वारा सञ्चालित गहना पसलमा चोरी !

Posted on: 10 Dec, 2021

एजेन्सी | बेलायतमा नेपालीहरूद्वारा सञ्चालित  दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो ।  स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरूको गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका छन् । 

सोही स्थान निवासी शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष एवम् पत्रकार वाचस्पति रेग्मीका अनुसार घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको र त्यहाँ कसैलाई जान दिइएको छैन । हालसम्म यसको विस्तृत जानकारी आइनसकेको रेग्मीले बताए ।

लुटपाटबाट के कति क्षति  भयो भन्ने स्पष्ट भइसकेको छैन । लुटिएका दुवै गहना पसल अहिले प्रहरीले घेराबन्दी गरेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!