कोरियाली माझ नेपाल चिनाउँने रुद्र: कोरियाली लगानी भित्राउन नायक बन्दै

Posted on: 11 Nov, 2021

अर्जुन बराल | कात्तिक २५, दक्षिण कोरिया | शिव भगवानका एघार गणलाई मिलाएर बनाईएको नाम अर्थात शिवको प्रलयकारी एक रुप भन्दा फरक नपरे जस्तै उनको काम अनुसारको नाम रुद्र शर्मा । आजभन्दा ५१ बर्ष पहिला पर्बत जिल्लाको राम्जामा पिता शिब प्रसाद उपाध्याय र माता तुलसी उपाध्यायका दोस्रो सन्तानका रुपमा जन्मिदा आफुलाई प्रख्यात भन्ने जोतिषीले पनि सायद भबिष्यबाणी गर्न चुके  होलान् उनले राष्ट्र प्रति के–कस्तो महत्वपूर्ण योगदान सहित उनका जीबनका पाईलामा के–कस्ता प्रगतीका खुडकिला पार गर्दै सफलता प्राप्त गर्दछन भन्ने ?

एउटा सामान्य गाँउमा जन्मिएको युवक अल्लारे उमेरमै पढाई सँगै केहि गर्छु भन्दै बाबाआमा सँग टाढिएर दुरिले  खासै टाढा नभएपनि पर्बत देखि पोखरामा झर्नु सानो कुरो पक्कै थियन । पर्बत देखि महङ्गो शहर पोखरा झरेपछि थोमस एडिसन देखि स्टीवन पल जब्स सम्मको संघर्ष र सफलताका कथा धेरै पढे, सफलता के हो ? बुझन्का निम्ती धेरैपटक लडे,शरिरभरि चोट लाग्यो खत बस्यो तर  उनले त्यो अल्लारे उमेरले बुझन त सकेनछन् तर आमाको मजेत्रौ फेर्नु पर्छ भन्ने मैलै बुझे उनी भन्छन । सेती नदिको सालीन बगाई सहित त्यसको लोकप्रियता देखेका उनले हरेक पटक लड्दा आफैलाई चुनौती दिदै भन्दथे “जाबो केहि गर्न नसक्ने पनि के जिन्दगी केहि गर्न सके पो जिन्दगी जिउनुको मज्जा” वाउ म उनका कुराबाट प्रभाबित भएर आफनो रेर्कडलाई उनले थाहै नपाउने गरि अन गरिदिय ।

यात्रा त अनवरत हुन्छ कुनै यादगार हुन्छन कुनै बेकारका । तर उनले यात्रालाई यादगार बनाउँन पोखरामै एभरेष्ट ल्याङ्गवेज ईन्ट्रिटयुट खोली डाईरेक्टर सँगै आफै अंग्रेजी बिषय प्राध्यापन गराउँन थालेको बताईरहँदा रेर्कड बन्द गर्न मन नलागेको होईन तर पनि प्रश्न गर्दै भनी हाले जाबो जिन्दगी !

हो उनलाई त्यही जाबो जिन्दगीले केही गर्नु पर्छ भन्ने अभिलाषाको भारी बोकाएर सन् २००० मा हङकङको सेन्ट्रलसिटीमा पुरायो । अरुलाई ज्ञान बाड्ने शिक्षक बनेका उनी अमेरिकन नागरिकको सहकार्यमा बु्रसली क्याफे नामक रेष्टुरेन्ट खोलेर ब्यबसायीक प्रशिक्षार्थी बने । हङकङको सेन्ट्रलसिटीमा दुईबर्षमै ब्रुसली क्याफेको लोकप्रियता ह्वात्तै बढेतापनि उनीले आफुलाई असफलनै देखे उनी हाक्कीदै दक्षिण कोरिया पर्यटन भिषाका रुपमा पुगे । 

अन्तराष्ट्रिय बजार त्यहीमाथि बिश्वमा प्रख्यात शहर हङकङ । जे गर्दापनि सुरुवात जिरोबाटै गर्नु पर्छ । एउटा गुणस्तरीय अंग्रेजी शिक्षक पेशाबाट अलग्गिएर ब्यबसायमा रमाउन खोजेका उनी त्यसबाट हात टकटकाएर दक्षिण कोरिया पुगेका उनलाई एकैपटक सुनको अण्डा मिल्ने त कुरै थियन अनी सोचेजस्तो हुने त भएननै । शिक्षक,ब्यबसायी हुदै अदक्षताको टयाग भिरेर आप्रबासी कामदारमा दक्षिण कोरियामा पुगेपछि देशको माया हृदयमा कति हुन्छ ? बल्ल अनुभुती गरे उनी छातीमा हात राख्दै सुनाउँदा साँच्चै यथार्थता पनि एकादेशको जस्तो लाग्दथ्यो । केहि गर्छु भन्ने अभिलाषाले भोकाएका उनी कोरियामा रहँदा आप्रबासी कामदार मात्र भएर रहेनन् यसबिचमा केही जान्नु पर्छ भन्ने हुटहुटीले कोरियन भाषा,संस्कृती,रितिरिवाजमा समेत दक्ष जानकार रहन पुगे र छोटो समयमै स्वदेश फर्किए । उनले त्यो नेपाल बसाई पटक्कै उपयुक्त लागेन । उनी दक्षिण कोरिया पुनः सन् २००५मा ब्याबसायिक भिषामा प्रबेश सँगै सानो आर्यात निर्यात सहित देशकै नाम राखेर दक्षिण कोरियाको राजधानी सउलमै “फस्ट नेपाल” होटल ब्यबसाय सुरु गरे भने त्यसको केहि समयमा नेपालबाट भर्खर रोजगार प्रक्रिया प्रणालीबाट प्रशिक्षार्थी कामदारका रुपमा भाषा परिक्षा उर्तीणलार्ई प्रशिक्षार्थी कामदारका रुपमा कोरिया लैजाने सरकार स्तरिय निर्णय भयो । हो जिन्दगीमा उनी यही रोजगार प्रक्रिया प्रणालीको सरकार स्तरिय निर्णयको माध्यमबाट ब्यबसायिक सफलताको सिढीमा एक कदम अगाडी बढ्न सफल भए । सानो सेवाको रुपमा नेपाली,अंग्रेजी,कोरियन भाषामा लेखिएको पहिलो कोरियन भाषा पुस्तकले उनको ब्यबसायीक सफलतालाई करोडमा पुरयायो । सन् १९७० मा पर्बतको राम्जामा जन्मिएको युवक सन् २०१३ सम्म आईपुग्दा कोरियामा ८ वटा नेपाली रेष्टुरेन्टका मालिक सहित कैयौ कोरियन रोजगारदाताको नजरमा नेपाललाई परिचित गराउँदै लोकप्रिय बन्न पुगिसकेका थिय ।

 दक्षिण कोरियामा उनले समयको महत्व राम्रै सँग बुझे । कोरियाका बिभिन्न क्षेत्रका उच्च पदस्थ ब्यत्तिसँग उनलाई फस्ट नेपाल नामक होटल ब्यबसायले नजिक गराएको थियो । संयोग दुर्भाग्य भनौ वा के ? त्यसै समय नेपालमा भुकम्प गयो धेरैनै धनजनको क्षति भयो राष्ट्रलाई परेको बिपत्ति उनी टुलुटुलु हेरेर बस्न सकेनन् । दैबीप्रकोपबाट परेको आपतकालीन क्षतीलाई कम गर्न सकिन्छ कि भन्ने हेतुले फस्ट नेपालले नै गर्दा कोरियन डाक्टरको मेडिकल टिमको नेतृत्व गर्दै उनी नेपाल आय त्यसबिचमा उनको टिमले भुकम्पबाट प्रभावित लगभग ६५०० जनाको स्वास्थ्य उपचार गरेको थियो । हो त्यहि टिमका बरिष्ठ डाक्टर जोन जो नेपाललाई औधी माया गर्ने र नेपाल दर्जनौ पटक आईसकेका र नेपालको अवस्थापनि राम्रो सँग जानकार सगै रुद्र प्रति प्रभावित भएर उनकै गाँउमा केहि गरिदिने योजना बनाएर कोरिया फर्किए । पछि उनै जोनको सक्रियतामा दक्षिण कोरियाको ख्वाङ्जु महानगरपालीकाको समन्वय सँगै पर्बतकै डिमुवामा एडभान्स मेडिकल सामाग्री सहित लगभग ४ करोड नेपाली रुपैयाँको लगानीमा समयअनुकुल कोरियन डाक्टरको समेत निशुल्क सेवा र सुबिधा उपलब्ध रहने गरि ख्वाङ्जु क्लिनिक खोलाउँन उनी सफल भए । यस क्लिनिकलाई आजको अबस्थामा अस्पतालमा परिणत गरेमा पनि आधुनिक सेवासुबिधा सहित ५० बेड क्षमता रहने रुद्र बताउछन् ।

उनी आफुलाई अझपनि जिरोको तहमा देख्ने र बिदेशमा प्रख्यात रहेका नेपाली मध्य आफु केहि नभएको सोची प्रचारप्रसारमा खासै रुची नराखी गुमनाममा आफु रहेर देशलाई चिनाउँनुपर्छ भन्ने सोचमा दौडिने रुद्रले नेपालमा पनि आफनै लिडरशिप र रिर्टर्नी युवाहरुको संलग्नतामा नेपाल हाउस नामक होटल लोकल तथा ईन्टरनेशनल फेन्चचाईजको सुबिधा सहित नेपालकै सम्भवतः ठुलो कन्फ्रेसनल हलको सुबिधा उपलब्ध हुँने गरि ब्यबसाय स्थापना गरेका छन् जसमा तत्काल १०० जना भन्दा बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपबाट रोजगारमा जोडाएका छन् भने निकट भबिष्यमा बिभिन्न क्षेत्रमा ब्यबसायलाई बिस्तार गरि बिस्तृत रुपमा नेपालीलाई रोजगार दिलाउँने योजनाका साथ अगाडी बढिरहेका छन् । कोरियाको प्रबिधि नेपाल भित्राउने उद्देश्यका साथ तत्कालीन उधोग परिसंघका अध्यक्ष हरिभत्त शर्मा सहितको नेपालको बिभिन्न क्षेत्रको प्रतिनिधि संम्मिलित टोलीलाई कोरिया भ्रमण गराएका छन् । नेपालमा लगानी सुरक्षीत नभएको हल्ला  भएपनि त्यस्तो हल्लालाई चिर्न निर्माण ब्यबसाय,गल्फ स्पोर्ट,होटल ब्यबसायमा लगानी रहेका कोरियाका धनाढय ब्यत्तिलाई धेरैपटक नेपाल भ्रमण गराएका छन् उनीबाट छिट्टै नेपालमा केहि प्रोजेक्टमा लगानी हुने पक्कापक्की जस्तै छ भने कोरियाका अन्तराष्ट्रि क्षेत्रमा लगानी गरि प्रख्यात अन्य ब्यत्तिले पनि नेपालमा लगानीको लागी उनीसँग समन्वय गरिरहेका र कोरियनहरुलाई नेपालमा लगानी गर्न उपयुक्त छ भन्ने बनाउँन लागिपरेको ढुक्कको साथ उनी भन्छन् ।

त्यस्तै कोरियाबाट हँने अबैधानिक आर्थिक कारोवारलाई रोक्न सन् २०१८ बाट आफै ईन्भेस्टर डाईरेक्टरको रुपमा रहने गरि स्टाररेमिट कम्पनि संचालनमा ल्याएका छन् । कोरियाका दर्जनौ रेमिट कम्पनिमा मुख्यत बिदेशी प्रमुख नरहेका भएपनि हाल उनी आफै यस कम्पनिका प्रमुख भएका छन् । यस कम्पनिमा कुल शेयरको ८० प्रतिशत नेपालीकै लगानी रहेको र निकट समयमै बिश्वका ३० भन्दा बढि राष्ट्रहरुमा कम्पनिको सेवालाई बिस्तार गर्ने साथै यस स्टाररेमिटले नेपाली सहित नेपालको रोजगारको आर्कषणको गन्तब्य कोरियामा नै  कोरियन नागरिकलाई रोजगार दिएको उनी बताउँछन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!