बुटवलमा गोली चल्यो

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौँ | रुपन्देहीमा सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो।

प्रहरीले गोली चलाउदा केही घाइते भएका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको बताए। औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।

प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको हो। प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका हुन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!