बडा दशैँकाे अवसर पारेर माल्टामा एकदिवसीय फुटबल प्रतियाेगिता हुँदै

Posted on: 08 Oct, 2021

असोज २२ , काठमाडाैं । युरोपको माल्टामा एक नेपाली संगठन झापाली समाज माल्टा (JSM) ले हिन्दुहरुको सबैभन्दा ठूलो चाड विजया दशमी (दशैँ) को अवसर पारेर १० अक्टोबर २०२१ मा एक भव्य एकदिवसीय फुटबल  प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

JSM EUROCUP २०२१ (7-साइड फुटबॉल टूर्नामेन्ट) को नाममा उक्त टूर्नामेन्ट Mosta फुटबल ग्राउन्ड मा आयाेजना हुने भएकाे छ। अध्यक्ष श्री तेज बहादुर लिम्बु र कार्यक्रमका मुख्य संयोजक श्री भुवन झाले माल्टामा नेपाली संगठनले आयोजना गरेको यो अहिलेसम्मको सबैभन्दा ठूलो एकदिवसीय फुटबल प्रतियोगिता हुने बताएका छन्।

यस संगठनले आधिकारिक रूपमा Degiorgio Group (MCSI) को रूप मा कार्यक्रम को लागि एक मुख्य प्रायोजकको पनि घोषणा गरेको छ। कम्पनीले २ हजार यूराेको नगद रकम योगदान गरको छ भने उक्त सहयोगले संस्थालाई ठूलो समर्थन मिलेको र खेल भव्य रुपमा सम्पन्न हुनेछ भन्ने विश्वास प्रकट गरिएको छ। 

उक्त टुरनामेन्टमा १० देखी १५ वटा टिमको सहभागिता रहने छ ५ वटा टिमले माल्टा बाहेक अरू युरोपियन मुलुकबाट सहभागिता जनाउने उल्लेख भएको छ।टूर्नामेन्टको प्रथम पुरस्कार नगत  २ हजार ५ सय ५१ यूराे र ट्रफी रहेको छ भने दोस्रो पुरस्कार एक हजार एक सय ५१ यूराे र ट्रफि रहेको बताइएको छ।

खेल अवधी भरीमा खेलाडीको प्रदर्शनका आधारमा बेस्ट गाेल किपर, बेस्ट डिफेण्डर, बेस्ट स्ट्रिकर, बेस्ट मिड्फिल्डर, म्यान अफ द मयाच, र म्यान अफ्द टूर्नामेन्ट हुनेलाइ पनि पुरस्कृत गरिने बताइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!