कुवेतमा कहिल्यै नउठ्ने गरी ढले प्रेम

Posted on: 15 Jul, 2020

असार ३१, दोहा | बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । लामो समयदेखि कुवेतमा रहेका  पोखराका प्रेम गुरुङको हृदयघातको कारण मृत्यु भएको हो । 

कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा कार्यरत गुरुङ बसिरहेकै ठाउमा ढलेको र अस्पातल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

मृतकको शवलाई पोस्ट्मार्टमको लागि अस्पातलमै राखेको छ ।  उनी रक्तचापको बिरामी रहेका थिए । उनको शवलाई कानुनी प्रक्रिया पुरी गरी नेपाल पठाइने दूतावासले जनाएको छ । मृतकको घरमा श्रीमती र एक छोरा रहेको बुझिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!