समाज | चितवन - CTW


चितवनमा बस र ट्रक एकापसमा ठोक्किदा १ को मृत्यु, ३३ घाइते

Posted on August 22, 2018 | views : 1967 | चितवन - CTW

भदौ ६, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।  मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  नारायणगढबाट गोरखातर्फ

Read More

चितवनमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

Posted on August 21, 2018 | views : 2091 | चितवन - CTW

भदौ ५, चितवन । गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठेलामा पानी त

Read More

चितवनमा सामूहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ

Posted on August 20, 2018 | views : 1716 | चितवन - CTW

भदौ ४, चितवन । सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक

Read More

बीमा गराउने भन्दा माग दाबी बढी

Posted on August 20, 2018 | views : 1236 | चितवन - CTW

भदौ ४, चितवन | सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो ।  स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्

Read More

सत्र किलोमा सडक भासिने क्रम जारी

Posted on August 17, 2018 | views : 1537 | चितवन - CTW

भदौ १, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भासिएको छ ।

Read More

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

Posted on August 16, 2018 | views : 1429 | चितवन - CTW

साउन ३१, चितवन | नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।  बिहान १०:२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

Read More

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ: मुख्यमन्त्री पौडेल

Posted on August 15, 2018 | views : 1447 | चितवन - CTW

साउन ३०, चितवन | अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १७औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आ

Read More

चितवनबाट १२ जना पक्राउ

Posted on August 14, 2018 | views : 1524 | चितवन - CTW

साउन २९, रत्ननगर | चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।  केही व्यक्ति गोजीमा ढुङ्गा

Read More

चितवन प्रहरीद्वारा लागुऔषधसहित पाँच पक्राउ

Posted on August 11, 2018 | views : 1480 | चितवन - CTW

साउन २६, रत्ननगर | चितवन प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–३ न्यूरोडबाट पक्राउ परेका उनीहरुविरुद्ध आज मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।  पक्राउ पर्नेमा नवलपरासी जिल्ल

Read More

चितवन बार अध्यक्षमा पाठक निर्वाचित

Posted on August 11, 2018 | views : 1193 | चितवन - CTW

साउन २६, रत्ननगर | चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमलराज पाठक निर्वाचित हुनुभएको छ ।  प्रजातान्त्रिक कानून व्यवसायीको नेतृत्व गर्दै उम्मेद्वारी दिनुभएका निलकण्ठ अधिकारीलाई नौँ मतले पछि पार्दै पाठक अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक चुडामणि सापकोटा

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17357 | चितवन - CTW

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

सहकारीबाट रु ४९ लाख चोरी

Posted on August 10, 2018 | views : 1396 | चितवन - CTW

साउन २५, चितवन,| जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ ।  विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट रु ४९ लाख ३८ हजार बराबरको चोरी भएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि रु ३५ लाखसम्म चोरी भएको छ ।  सवैभन

Read More

विकासको गति बढाउन सुझाव

Posted on August 09, 2018 | views : 1264 | चितवन - CTW

साउन २४, चितवन | राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।  आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आम रुपमा सरकारको विकासको गति अझै बढे हुन्थ्यो भन्ने छ, भन्नुभयो । सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन

Read More

चोरी अभियोगमा एक महिला पक्राउ

Posted on August 07, 2018 | views : 1715 | चितवन - CTW

साउन २२, चितवन | भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छिन् ।  गएको वैशाख यता छ वटा घरमा चोरी गरेको अभियोगमा उनीसहित खरिद गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नगद

Read More

घाँस काट्न गएकी एक महिलालाई बाघले लगेपछि...

Posted on August 06, 2018 | views : 3293 | चितवन - CTW

साउन २१, रत्ननगर | चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ ।  स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिनुभयो ।  उनलाई बाघले आक्रमण गरे

Read More

नारायणगढ मुग्लिन सडक खुल्यो

Posted on August 06, 2018 | views : 1199 | चितवन - CTW

साउन २१, चितवन (रासस) | निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।&n

Read More

नारायणगढ मुग्लिन सडक अवरुद्ध

Posted on August 06, 2018 | views : 1808 | चितवन - CTW

साउन २१, चितवन (रासस) | निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५:५५ बजेबाट सडक अवरुद्ध भएको हो ।  जलविरे इच्छाकामना गाउँपालिका–६

Read More

नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध

Posted on August 04, 2018 | views : 1739 | चितवन - CTW

साउन १९, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २:५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो ।  आज बिहान भरतपुर महानगरपालिका–२९ घ

Read More

पर्यटकीय होटलमा लगानी बढ्दो

Posted on August 04, 2018 | views : 1080 | चितवन - CTW

नारायण अधिकारी | साउन १९, चितवन | विभिन्न पेशा व्यवसाय गर्दै आएका यहाँका वासिन्दाको आकर्षण पर्यटन व्यवसाय भएको छ । सरकारको पर्यटन व्यवसायप्रतिको उदार नीतिका कारण पछिल्लो समय अन्य पेशा व्यवसाय गर्नेको लगानी पर्यटकीय होटलमा हुन थालेको हो ।  चिकित्सक, कानून व्यवसायी, प्राध्यापक, पत्रकार, कलाकार, इ

Read More

नारायणगढ­मुग्लिन सडक एकतर्फी सञ्चालनमा

Posted on August 04, 2018 | views : 1195 | चितवन - CTW

साउन  १९, चितवन | चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आ

Read More

धर्मधाम’मा पर्यटकीय आकर्षण बन्दै श्रीकृष्ण प्रणामी मन्दिर

Posted on August 04, 2018 | views : 1713 | चितवन - CTW

नारायण ढुंगाना | साउन १९, चितवन | रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ ।  मन्दिरमा अन्य जिल्लाका धार्मिक पर्यटकको पन

Read More

ढुंगा खस्न थालेपछि आलोपालो सवारी सञ्चालन

Posted on August 03, 2018 | views : 1158 | चितवन - CTW

साउन १८, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा तीन दिनयता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन सञ्चालन गरिएको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार चट्टानको चरबाट पानी छिरेसँगै ढुंगा खस्ने समस्या आएको हो ।  प्रहरीले बुधबार बिहानबाट ढुंगा

Read More

दोस्रो जोडी गैँडा साउन ३१ गते पठाउने तयारी

Posted on August 03, 2018 | views : 1141 | चितवन - CTW

साउन १८ चितवन | चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताउनुभयो । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी

Read More

चितवनमा माछा मार्न जाँदा डुबेर एक जनाको मृत्यु

Posted on July 30, 2018 | views : 1488 | चितवन - CTW

साउन १४, रत्ननगर, चितवन ।  चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय च

Read More

बस दुर्घटना: २३ जनाको उद्धार

Posted on July 27, 2018 | views : 2424 | चितवन - CTW

साउन ११, चितवन | काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।  अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार

Read More

यात्रु बोकेर काठमाडौँ आउंदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा त्रिशुलीमा खस्यो

Posted on July 27, 2018 | views : 1870 | चितवन - CTW

साउन ११, काठमाडौँ | पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस शुक्रबार दिउँसो त्रिशुली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा पर्ने चुम्लिङटारस्थित सडकखण्डबाट झन्डै १ सय मिटर तल ना ६ ख २५०६ नम्बरको बस खसेको जानकारी प्राप्त भएको छ । उक्त बस सडक छेउमा धोएर निकाल्दै गरेको ना

Read More

अर्को जोडी गैंडाको नामाकरण: भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

Posted on July 26, 2018 | views : 1318 | चितवन - CTW

साउन १०, चितवन | सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैंडाको पनि नामाकरण गरेको छ ।  सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो ।  ढकालले क

Read More

स्क्रबटाइफस र डेंगुको संक्रमण घट्दै

Posted on July 26, 2018 | views : 1137 | चितवन - CTW

साउन १०, चितवन | जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ ।  अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा ४१० जनामा स्क्रबटाइफसको संक्रमण भएको थियो । आव २०७३÷०७४ मा ५०९ जनामा स्क्रबटाइफस संक्रमण भेटियो ।  जिल्ला जनस्वा

Read More