समाज | चितवन - CTW


आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14672 | चितवन - CTW

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

बस दुर्घटना हुँदा २६ जना घाइते

Posted on November 07, 2018 | views : 1319 | चितवन - CTW

कात्तिक २१, चितवन। भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाको अवस्था

Read More

साठी करोड बढीको झिलिमिली बत्ती

Posted on November 06, 2018 | views : 2020 | चितवन - CTW

कात्तिक २०, चितवन | दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न रु ६० करोडभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । 

Read More

३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

Posted on November 05, 2018 | views : 1060 | चितवन - CTW

कात्तिक १९, चितवन । चितवनमा ३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् | रत्ननगर नगरपालिका-९ बाट करिब तीन लाख नगद र १ लाखको चेकसहित १५ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले जुवाडेहरुसहित नगद पक्राउ गरेको हो । विषेश सुराक

Read More

चलेन मेघौली विमानस्थल

Posted on October 26, 2018 | views : 4545 | चितवन - CTW

कात्तिक ९, चितवन | पश्चिम चितवनको मेघौली विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विसं २०१७ मा स्थापना गरिएको सो विमानस्थल त्यस क्षेत्रको प्रतिष्ठित होटल टाईगर टप्स बन्द भएसँगै नियमित सञ्चालन हुन नसकेको हो ।  सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको सो विमानस्थल २३ बिगाहा जमीनमा फैलिएको छ । भरतपुर वि

Read More

चितवन राष्ट्रिय निकुञ्ज: प्राकृतिक कारणले सात गैँडा मरे

Posted on October 25, 2018 | views : 1582 | चितवन - CTW

कात्तिक ८, चितवन (रासस) | चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्

Read More

नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना: ३ जनाको मृत्यु, २३ जना घाइते

Posted on October 19, 2018 | views : 2582 | चितवन - CTW

कात्तिक २, चितवन | इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खस

Read More

चितवनमा सवारी दुर्घटना: एकको मृत्यु, सात घाइते

Posted on October 15, 2018 | views : 1813 | चितवन - CTW

असोज २९, काठमाडौं | जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कँर खाँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हो।  मृत्यु हुनेमा ना १५ प २०८२

Read More

चितवनमा १० वर्षीय बालक बेपत्ता, विद्यालय लगेको झोला र सर्ट नारायणी नदीमा फेला !

Posted on October 06, 2018 | views : 1689 | चितवन - CTW

असोज २०, चितवन | भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन् । उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेलापरेको छ ।  प्रहरीले बालक नदीमा बेपत्ता भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार परीक्षा दिन स्थानीय भा

Read More

ट्रकको ठक्करबाट एकको मृत्यु

Posted on October 02, 2018 | views : 1424 | चितवन - CTW

असोज १६, चितवन | पूर्वी चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ ।  भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना३२प ५०६१ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ का ३५ वर्षीय सुरज चौधरीको मृत्यु भएको

Read More

निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी

Posted on September 30, 2018 | views : 1231 | चितवन - CTW

असोज १४, चितवन | रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ ।  विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेको थियो । त्यसविरुद्ध निजी क्याम्पसहरूले सर्वाेच्च अदालत दायर

Read More

माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गृहकार्य शुरु

Posted on September 28, 2018 | views : 2006 | चितवन - CTW

असोज १२, चितवन (रासस) | सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो ।  सो क्षेत्र रहेको कालिका नगरपालिकाका

Read More

एक युवातीमाथी तेजाब छर्किएर धारिलो हतियार प्रहार, अवस्था गम्भीर

Posted on September 25, 2018 | views : 1221 | चितवन - CTW

नारायण अधिकारी | असोज ९, चितवन | तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया  गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन ड

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53493 | चितवन - CTW

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19176 | चितवन - CTW

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस संक्रमण

Posted on September 17, 2018 | views : 1538 | चितवन - CTW

असोज १, चितवन | जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिए

Read More

सबै प्रदेशमा ट्राफिक कार्यालय, प्रदेश ३ को चितवनमा, ४ को तनहुँमा

Posted on September 17, 2018 | views : 3513 | चितवन - CTW

अच्युत रेग्मी | असोज १, काठमाडौँ | नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ ।  प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को

Read More

मनकामना केबुलकार स्टेशन नजिकैबाट हाम फालेर महिला बेपत्ता

Posted on September 13, 2018 | views : 2021 | चितवन - CTW

भदौ २८, चितवन | त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन् ।  बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौँ बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।  इच्छाकामना गाँउपालिका–४ केबुल

Read More

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन दिनभर लाग्ने

Posted on September 11, 2018 | views : 1696 | चितवन - CTW

भदौ २६, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो

Read More

समाचार संकलन गर्न पुगेका पत्रकारलाई जनप्रतिनिधिले नै कुटेपछी...

Posted on September 08, 2018 | views : 1546 | चितवन - CTW

भदौ २३, चितवन । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न जानुभएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ ।  गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश गरेलगत्तै मोबाइलमा आवाज रेकर्ड गरेको

Read More

तालाबन्दीले कृषि विश्वविद्यालयको काम अवरुद्ध

Posted on September 05, 2018 | views : 1225 | चितवन - CTW

भदौ २०, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ ।  विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि दुईवटा क्याम्पसले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

Read More

अवैध सुन, चाँदी र १२ लाख नगदसहित पक्राउ परेका युवक सार्वजनिक

Posted on September 05, 2018 | views : 1227 | चितवन - CTW

भदौ २०, चितवन । नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई आज यहाँ सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ७६ ग्राम सुन, चार किलो ६१७ ग्राम चाँदी र रु १२ लाख नगद सार्वजनिक गरेको हो । पक्राउ परेका नारायणगढस्थित

Read More

ग्याँस बोकेर काठमाडौँ आउदै गरेको कन्टेनर त्रिशूली नदीमा खस्यो

Posted on September 04, 2018 | views : 2057 | चितवन - CTW

भदौ १९, चितवन | एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ ।  जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १:२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको

Read More

चितवनको माडीमा मान्छे मार्ने बाघ निकुन्जको नियन्त्रणमा

Posted on August 30, 2018 | views : 1640 | चितवन - CTW

भदौ १४, रत्ननगर (रासस) | दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले आज नियन्त्रणमा लिएको छ ।  बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो ।  यही भदौ ७ गते वस्त

Read More

हात्तिको आक्रमणबाट चितवनमा माउतेको मृत्यु

Posted on August 30, 2018 | views : 1189 | चितवन - CTW

भदौ १४, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको छ । निकुञ्जले पालेको हात्ती लिएर चराउन जाने क्रममा सौराहाको डुंगा घाटबाट करिब तीन सय मिटर भित्र हात्तीले आक्रमण गर्दा सुनसरीका २७ वर्षीय माउते बुहरीलाल सरदारको मृत्यु भएको हो । मोतीप्रसाद (ख) नाम गरेको भाले हात्तीले आक्

Read More

चितवनमा हात्तीको आक्रमणबाट एकको मृत्यु

Posted on August 30, 2018 | views : 1661 | चितवन - CTW

भदौ १४, चितवन | चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट आज बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ ।  निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद (ख) नाम गरेको हात्ती लिएर घाँस

Read More

प्रदेश ३ को ट्राफिक कार्यालय भरतपुरमा

Posted on August 28, 2018 | views : 1713 | चितवन - CTW

भदौ १२, चितवन (रासस) | प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ ।  भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने

Read More

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

Posted on August 24, 2018 | views : 1281 | चितवन - CTW

भदौ ८, चितवन | माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन् । राई बिहीबार गाईभैंसी चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए ।  वस्तु चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा आ

Read More