पर्वतमा अज्ञातरोगले सुन्तलाका बोट मर्न थाले

Posted on: 14 Aug, 2016

साउन ३०, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोटहरु मर्न थाले पछि पर्बत देउपुरका किसान चिन्त्तीत भएका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रका रुपमा मानिएको देउपुरका प्राय सवै वडाहरुमा सुन्तलाका बोटहरु एकाएक मर्न थालेपछि कृषक चिन्तीत बनेका हुन ।

अज्ञात रोगको पहिचान नहुँदा कृषकहरु समस्यामा परेको शिक्षक भुमिराज शर्माले जानकारी दिए । रोगका कारण नयाँ तथा पुराना विरुवाहरु धमाधम मर्दै जान थालेपछि कृषकहरु चिन्तीत भएको उनले बताए । माछापुच्छ्रे कृषि सुन्तला सहकारीका अध्यक्ष दाताराम चापागाईले सुन्तलाको रोगको घरेलु उपचार गरेपनि समस्या समाधान नभएको बताए।  आम्दानीको मुख्य श्रोत नै सुन्तला रहेको भन्दै कृषकहरुले समस्या समाधान गरिदिन आग्रह गरेका छन् । देउपुरमा व्यवसायिक खेती गर्ने कृषकहरुको संख्या २ सयको हाराहारीमा रहेका छन् । सुन्तला वेचेर देउपुरका कृषकहरुले वर्षमा १ करोड रुपैयाँ भित्राउने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले सुन्तलामा लागेको रोगको निधान गर्नको लागि आफुले कर्मचारी खटाउने तयारी गरेको बताए । उनले प्राविधिक टोलीलाई उक्त क्षेत्रमा पठाई स्याम्पल लिने र काठमाडौ पठाउने तयारी गरिहरको जानकारी दिए । काठमाडौं स्याम्पल पठाएपछि मात्रै रोगबो बारेमा थाहा हुने उनको तर्क छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!