बैतडीमा जिप दुर्घटना : एकजनाको मृत्यु, ११ घाइते

Posted on: 03 Apr, 2023

चैत २०, बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से१ज २९५ नम्बरको जिप आज बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका ५ तिलकपुर भिटा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

१२ जना सवार जिप ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिप सडकबाट ७० मिटर तल खसेको छ। दुर्घटना परेर घाइते भएकाहरुको उद्धार भइरहेको छ। घाइतेहरुको परिचय खुलेको छैन। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी,  प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीलगायत ३० जनाको टोली घटनास्थलमा पुगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!