बैतडीको शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका कर्ण साउद निर्वाचित

Posted on: 15 May, 2022

जेठ १, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्ण साउद ३१६५ मत पाएर विजयी भएका छन् ।  उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार हजारी सिंह साउदले २८४९ मत प्राप्त गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकी सकुन्तोला साउदले २८१७ मत ल्याएर विजयी भएकी छिन् । उपाध्यक्षमा माओवादी केन्द्रका नरेन्द्र साउदले २६९९ मत प्राप्त गरे ।

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको गाउँपालिकाको वडा नं. १ मा कांग्रेसका बल्देव सिंह, वडा नं. २ मा एमालेका सुरेन्द्र साउद, वडा नं ३ मा कांग्रेसका केशब कलौली, वडा नं. ४ मा एमालेका धनबहादुर महता, वडा नं ५ मा कांग्रेसका केशव चन्द र वडा नं ६ मा नेकपा माओवादी केन्द्रका भरतराम पार्कीले २६९ मत ल्याएर विजयी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!