बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु

Posted on: 05 Apr, 2024

चैत २३, बैतडी | बैतडीको पाटन नगरपालिका वडा न. ८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् । यस्तै अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

घटनाको बिषयमा थप अनुसन्धन भैरहेको  प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!