बैतडीको पञ्चेश्वरमा एमालेका चन्द र भट्ट विजयी

Posted on: 15 May, 2022

जेठ १, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् । अध्यक्षमा बिजयी भएका एमालेका उम्मेदवार चन्दले ३७८२ मत ल्याएर विजयी भए भने उनका प्रत्यासी नेपाली कांग्रेसका रमेश भण्डारीले २४८८ मत प्राप्त गरे ।

निर्वाचित चन्द र भट्ट २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट विजयी भएकी छन् । उपाध्यक्षमा भट्टले ३०६४ मत ल्याउदा उनका प्रत्यासी एकीकृत समाजवादीका राजेन्द्र चन्दले २५०० मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!