माछापालनबाट मनग्य आम्दानी

Posted on: 19 Jul, 2016

साउन ४, पर्वत । डेढ लाख रुपैयाँको लगानीमा ६ वर्ष अघि माछापालन व्यवसाय सुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । गल्कोट दुदिलाभाटी ५ का बम बहादुर गुरुङले आफनै ४ रोपनी जग्गामा सुरु गरेको माछापालनबाट वर्ष्नि डेढ लाख रुपैयाँ कमाइ गर्दै आएका छन् ।

गुरुङले घर अगाडिको मकै लगाउने जग्गामा पोखरी निर्माण गरि व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । पहिलो वर्षमा माछाको उत्पादन सोँचेजस्तो नभए पनि त्यसपछिका बर्षहरुबाट भने उत्पादन सोचेभन्दा राम्रो भएको उनको भनाई छ । बजारमा प्रतिकिलो पाँच सय रुपैयाँमा माछा बिक्री हुने गरेको गुरुङको भनाइ छ ।

नयाँ शक्ति अभियानका केन्द्रिय पार्षद समेत रहेका गुरुङ उत्पादनसँग जोडिन माछापालनतिर लाग्नुभएको हो । पोखरी नजिक भएर निरन्तर रुपमा बग्ने खोला भएका कारण पानीको कुनै समस्या नभएको नयाँ शक्ति अभियानका केन्द्रिय पार्षद समेत रहेका गुरुङले बताए । उनले उत्पादन गरेका माछा स्थानिय बजार दुदिलाभाटी, नरेठाटी, हटिया सँगै बागलुङ बजार सम्म पु¥याउने गरेका छन् ।

पोखरीमा ग्रासकार्प र कमनकार्प जातमा माछा रहेका छन । अधिल्ला बर्षसम्म कार्तिक महिनादेखि माछा बिक्रि बितरण गर्दै आए पनि यस बर्ष भने साउन देखिनै बिक्रि गर्ने बताईएको छ । उत्पादित माछा बजारीकरणको कुनै समस्या नरहेको उनको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!