बैतडीमा वर्षा नहुँदा गहुँ छर्न समस्या

Posted on: 07 Dec, 2017

मङ्सिर २१, बैतडी । आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहँु छर्न पाएका छैनन्  

सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिदै आएकोमा १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

सूर्नया–८ का रमेश बोहरा खेत बाँझै रहने चिन्ता भएकोे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमै पानी नपर्दा मारमा परेका छौँ ।” 

सिँचाइको अभावमा समयमा मकै छर्न नपाएको सुर्नया–६ का किसान गौरीदत्त अवस्थीले बताउनुभयो । मंसिर दोस्रो सातासम्म गहुँ छर्ने उपयुक्त समय हो । सिँचाइको अभावमा अधिकंश खेत बाँझै रहेको सुर्नया–२ का किसान मोहनबहादुर विष्टले बताउनुभयो । 

गहुँ छरेका ठाउँमा समेत सिँचाइको अभावमा उम्रेको गहुँ खेतमै सुक्न थालेको किसानले बताएका छन् । गहुँ समयमै छर्न नपाउँदा उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!