लालध्वज हत्या प्रकरण: चार जनालाई जन्मकैद

Posted on: 06 Jul, 2022

असार २२, बारा | बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ ।

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा,  ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई  जन्मकैदको सजाय सुनाएको हो ।  

न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो ।

२१ असार ०७७ मा अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा मृत फेला परेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!