बारामा धारिलो हतियार प्रयोग गरी पुरुषको हत्या

Posted on: 10 Jun, 2022

जेठ २७, बारा | बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ । 

बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार साँझ प्रहरीले शव बरामद गरेको हो । 

पालिकाको सोही वडामा रहेको भिआइपी इट्टा भट्टामा मियाको शव रगतमय अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धान गरी रहेको बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!