काठमाडौँमा २० वर्षीया युवती बलात्कृत

Posted on: 04 Jun, 2022

जेठ २१, काठमाडौँ | काठमाडौँमा २० वर्षीया युवती बलात्कृत भएकी छन् । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका-१ हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने जीवन केसीले ती युवतीलाई सोही रेस्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!