उदयपुरको कटारीमा गोली चल्यो, एक जनाको मृत्यु

Posted on: 14 May, 2022

वैशाख ३१, उदयपुर | उदयपुरको मतदान केन्द्रमा प्रहरीले गोली चलाउदा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेमा रहेको जनता कालिका माविको मतदान केन्द्रमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएको हो ।     मतपेटीका सिलबन्दी गर्ने क्रममा विवाद गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादबले जानकारी दिए । उनले भने, ‘मतदान सकिएपछि अन्तिम समयमा गोली चलेको जानकारी आएको छ ।

गोली लागेर कटारी नगरपालिका– १० सोरुङछबिसेका  स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरबहादुर कटुवालका भतिज १९ वर्षीय नवीन भन्ने बीरबहादुर कटुवालको ज्यान गएको हो । त्यसैगरी घरमा बसि रहेको १३ वर्षिय बालक मोहन श्रेष्ठको घुँडामा गोली लागि घाइते भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!