सप्तरीमा दुई मोटरसाइकल ठाेकिँदा तीन जनाको मृत्यु

Posted on: 23 Apr, 2022

 वैशाख १०, सप्तरी | हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌अ‌ापसमा ठोक्किदा  शनिबार  तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् । गम्भीर घाइते  उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएकाे थियाे ।  चिकित्सकले उनीहरूलाई तत्काल मृत घाेषित गरेकाे प्रवक्ता काफ्ले बताए।

मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!