म्यानपावरको इजाजतपत्र रद्द हुन सक्ने अवस्थाहरु के-के हुन् ?

Posted on: 22 Apr, 2021

वैदेशिक रोजगारमा पठाउन इजजात पाएकाहरुले वैदेशिक रोजगार ऐन दफा १२ बमोजिम अवधिभित्र इजाजतपत्र नवीकरण नगराएमा ईजाजतपत्र रद्द हुन्छ । साथै  इजाजत पाएका म्यानपावरहरुले देहाय बमोजिमको कुनै कार्य गरेमा वैदेशिक रोजगार विभागले इजाजतपत्र रद्द गर्न सक्नेछः–

(क) झुट्टा कागजात वा विवरण पेश गरी इजाजतपत्र प्राप्त गरेमा,

(ख) समयमै नगद धरौटी जम्मा नगरेमा,

(ग) बिभागको आदेश बमोजिम थप धरौटी दाखिला नगरेमा,

(घ) धरौटी रकम सोधभर्ना नगरेमा,

(ङ) वैदेशिक रोजगार ऐन वा ऐन अन्तर्गत बनेको नियम विपरीत कुनैपनि कार्य गरेमा । 

(वैदेशिक रोजगार ऐन अनुसार इजाजतपत्र रद्द गर्नुअघि विभागले सम्बन्धित इजाजतपत्रवालालाई आफ्नो सफाई पेश गर्ने मनासिव मौका समेत दिन्छ ।) 

स्रोत: वैदेशिक रोजगार ऐन २०६४  

यस बिषयमा तपाइको प्रतिक्रिया...!