सुन प्रकरण:भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बित

Posted on: 22 Jul, 2023

साउन ६, काठमाडौँ | करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बनमा परेका छन्। 

हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको करिब एक क्विन्टल सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीनै जनालाई निलम्बन गरिएको हो।

भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्।  सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जनाएको छ ।

भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले उक्त सुन बरामद गरेको थियो।

हाल सम्म सुन बरामद प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!