सुन प्रकरण: भन्सार विभागद्वारा छानबिन समिति गठन

Posted on: 20 Jul, 2023

साउन ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको करिब १ सय किलो सुन जफत भएपछि भन्सार विभागले छानविन समिति बनाएको छ।

विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । 

उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा संलग्नहरूको छानविन गर्नेछ । समितिले विमानस्थलमा रहेका सिसिटिभी फुटेजबाट छानविन सुरु गर्नेछ । 

समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानविन गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!