त्रिभुवन विमानस्थलबाट दुबई जान लागेका बिदेशी नागरिक १० हजार अमेरिकी डलरसहित पक्राउ

Posted on: 18 Jul, 2023

साउन २, काठमाडौँ | नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!