ललिता निवास जग्गा प्रकरण: सञ्चार सचिव राउतसहित १७ जनालाई थप ५ दिन थुनामा राख्न आदेश

Posted on: 16 Jul, 2023

असार ३१, काठमाडौं | बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव राउतसहित १७ जनालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई  अदालत अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरातमा राख्न अनुमति दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!