चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ८ लाख ७६ हजार सवारी कारबाहीमा

Posted on: 12 Jul, 2023

असार २७, काठमाडौं | ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो । 

 कारबाही गरिएकामध्ये लेनमा ३८ हजार तीन सय ६२, रातोबत्ती बलेको बेला सवारी साधन चलाउने २८ हजार नौ सय ३२ सवारी, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३ हजार ६४ सवारी साधन कारबाहीमा परेका छन् ।

यस्तै तीव्र गतिमा ५६ हजार पाँच सय २४, जथाभावी पार्किङ गर्ने एक लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने सात सय ३६, जथाभावी हर्न बजाउने १४ हजार चार सय ४७, लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने एक सय ४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार चार सय ८५ सवारी साधन रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!