ललिता निवास जग्गा प्रकरण: थप २ जना पक्राउ

Posted on: 11 Jul, 2023

असार २६, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा थप दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठ रहेको सीआईबीकाले जानकारी दिए ।

पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयका नासु हुन् भने नारायणदास श्रेष्ठ खरिदार हुन् ।

उनीहरू दुवैलाई काठमाडौंबाट पक्राउ गरेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!