विद्यालयबाट नै पोशाक र पाठ्यपुस्तक किन्न बाध्य गर्नेलाई कारवाही गरिन्छ: बालेन शाह

Posted on: 09 Apr, 2023

चैत २६, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयबाट नै पोशाक र पाठ्यपुस्तक किन्न बाध्य पार्नेलाई कारवाही गरिने बताएका छन् । महानगरपालिकाले सो विषयमा जारी गरेको विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै मेयर बालेनले सो कुरा बताएका हुन्।

'विद्यालय आफैँले किताब बेच्ने गरेको र पोशाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ,' उनले लेखेका छन्।

उनले सम्पूर्ण विद्यालयलाई निर्देशिका अनुसार चल्न आग्रह गरेका छन्।  महानगरपालिकाको शिक्षा विभागले जारी गरेको विज्ञप्तिमा निर्देशनअनुसार नचले कारवाही गरिने पनि बताइएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!