बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on: 31 Mar, 2023

चैत १७, काठमाडौं | बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नं. ०७ मा घर भई हाल काठमाडौंको सामाखुसी बस्दै आएका २७ वर्षीय प्रकाश भट्ट रहेका छन् ।

उच्च अदालत पाटनले उनीविरुद्ध मिति २०७९/०२/१० गते बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ४ लाख १८ हजार जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत १५ गते रामशाहपथबाट पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!