तपाइँ पहिलो पटक विमान चड्दै हुनुहुन्छ, त्यसो भए यी कुराहरु जान्नुहोस्

Posted on: 05 Mar, 2023

टिप्स। सास | पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ भने मुख्य कुरा तपाइँ नआत्तिनुस । तर बिमान पहिलो पटक चढ्न केहि कुराको जानकारी भने चाहिन्छ । अन्यथा नहुँदा तपाइँ अलमलमा पर्न सक्नुहुन्छ । यसैल अलमलिनु भन्दा फटाफट केके गर्नुपर्छ भन्ने कुरा जानकारी भएमा तपाईलाई कुनै तनाबको स्थिति आउँदिन । आउनुस आज साझा सबालले तपाईलाई फ्लाइटमा यात्रा गर्नु अघि र यात्रा गर्दै गर्दा केके गर्नुपर्छ भन्ने बारे केहि आवश्यक कुराबारे जानकारी दिंदैछ ।


१. फोन वा इन्टरनेट मार्फत आफ्नो फ्लाइटको सेड्युल चेक गर्नुस् । सेड्युल डिपार्टभन्दा ३ घण्टा अघिनै एएरपोर्ट पुग्नुस ।

२. फ्लाइट टिकटको प्रिन्ट औउट, पासपोर्ट र आवश्यक डकुमेन्ट आफ्नो साथमै राख्नुस ।

३. लगेज प्याक गर्दा रुल अनुसार बिशेष ध्यान दिनुहोस् । प्लेन चड्दा एउटा ह्याण्डब्याग मात्र लान पाइने हुँदा फ्लाइटमा आवश्यक पर्ने सामानहरु मात्र ह्याण्ड ब्यागमा राख्नुहोस । बाँकी लगेजमा राख्नुहोस ।

४. आफुसँग ब्याण्ड गरिएको सामानहरु जस्तै नक्कली सामानहरु, हतियार, लाइटर, ब्लेड, बिषादी, रेडियोएक्टिभ र एक्सप्लोसिभ सामग्रीहरु नलानुस ।

५. एएरपोर्टमा प्रवेश गर्ने समय फ्लाइट टिकटको कपि र पासपोर्ट सेक्युरिटी गार्डलाई देखाउनुपर्ने हुन्छ ।

६. आफ्नो लगेज एक्सरे काउन्टरमा चेकिंग गराउनुस । त्यसपछि स्टिकर लगाइन्छ ।

७. एयरपोर्टमा सबै एयरलाइन्सको काउन्टर बनेको हुन्छ । जुन एयरलाइन्समार्फत तपाइको टिकट बुक भएको छ, त्यसै काउन्टरमा गएर आफ्नो टिकट देखाउनुहोस् ।

८. अब तपाइको डकुमेन्ट र टिकट हेरेर बोर्डिंग पास दिइन्छ । अब तपाइँ प्लेनमा बस्नको लागि तयार हुनुभयो । यदी तपाइले चाहनुहुन्छ भने त्यहि ठाउँमा झ्यालपट्टिको सिटको माग गर्न सक्नुहुन्छ ।

९. अब तपाइँले चेकि-इन काउन्टरमा बोर्डिंग पास देखाउनुपर्छ । चेकिंग प्रोसेस पछी तपाइको ब्यागको तौल लिईन्, ट्याग लगाइन्छ र लगेजको रुपमा रहेको ब्यागलाई कार्गो सेक्सनमा पठाइन्छ । जुन लगेज तपाइ जुन देश जाँदै हुनुहुन्छ त्यहि देशमा गएर पाउनुहुन्छ ।

१०. ह्याण्ड ब्यागमा ब्यागेज ट्याग लगाउनुस जुन त्यहिका कर्मचारीले लगाईदिन्छन । ह्याण्ड ब्यागलाई स्क्रिनिंग गराउनुस । यदी तपाइको ब्यागमा ल्यापटप छ भने निकाल्नुस र ल्यापटप सहित आफ्नो मोबाइल, पर्सलाई स्क्रिनिंग गराउनुस ।

११. अब तपाइको पुरै बडी चेकिंग हुन्छ र बोर्डिंगपासमा छाप लागाइन्छ र तपाइँलाई दिइन्छ । अब तपाइँलाई देखाइएको इन्ट्री गेटतिर जानुहोस । त्यहि तपाइले आफ्नो फ्लाइट र सिट नम्बरको सबै जानकारी पाउन सक्नुहुनेछ ।

१२. टेकअफ हुने आधा घण्टा पहिले टर्मिनल गेट खुल्छ । त्यो स्थानमा तपाइले बोर्डिंग पास र ह्याण्ड ब्याग छेक गराउनुपर्छ ।

१३. कहिले काही तपाइँ उड्ने प्लेन टर्मिनलबाट धेरै टाढा हुनसक्छ । यस्तो अवस्थामा बसमार्फत प्लेनसम्म तपाईलाई लाने गरिन्छ । वा प्लेन सिधै एरोब्रिजसंग जोडिएको हुन्छ । एरोब्रिजमार्फत तपाइँ सिधै प्लेन भित्र छिर्न सक्नुहुन्छ । नत्र प्लेन नजिकै पुगेर भर्यांगबाट चढ्नुपर्छ ।

१४. अब एयर होस्टेसले तपाईलाई तपाइको सिटनम्बर खोज्नमा मद्धत गर्नेछीन् । सिट मिलेपछि आफ्नो सिटकै माथि भएको सामान राख्ने स्थानमा आफ्नो सामान राख्नुहोला ।

१५. प्लेन टेकअफ हुनुअघि क्रु मेम्बरले अनिवार्य सुचना दिनेछन्, त्यसलाई ध्यान दिनुहोला । अनि आफ्नो सिट बेल्ट लगाएर फ्लाइटको लागि तयार हुनुहोस् ।

१६. जहाजका क्याप्टेनले जर्नी र फ्लाइटको बारेमा केहि कुरा राख्छन । सबैले उक्त कुरा सुन्न सक्नुहुनेछ । तपाईलाई झ्याल खोल्ने, फुड ट्रे खोल्ने, मोबाइल अफ गर्ने र सिट मिलाउने जानकारी दिईन्छ । यदी अफ्ट्यारो परे एएरहोस्टको मद्धत लिन सक्नुहुन्छ ।

१७. प्लेन टेकअफ भएपछी हावाकोचापमा बदलाव आउने गर्छ, यसकै कारण तपाइको कानमा दुखेको अनुभव हुन्छ । चुइन्गम खाएर वा एयरबड्स लगाएर यसलाई केहि कामी गर्न सकिन्छ ।

१८. एयरलाइन वा फ्लाइट जर्नीको दुरी अनुसार तपाईलाई खाना, पेय पदार्थ दिने गरिन्छ । याद राख्नुस कतिपय प्लेनमा खानको लागि छुट्टै चार्ज पनि लाग्छ जुन निकै महँगो हुन्छ । त्यसैले खाने कुरा निशुल्क हो वा हैन सजिलै सोध्न सक्नुहुन्छ । मनोरंजनका लागि तपाईलाई प्लेनमै भिडियो, गेम लगायत सामग्री पनि प्रयोग गर्न सक्नुहुन्छ ।

१९. जहाज ल्याण्ड हुनु पहिले पनि तपाईलाई फेरी केहि जानकारी दिने गरिन्छ ।

२०. प्लेन पुरा रुपमा ल्याण्ड भएपछी आफ्नो सिट बेल्ट खोल्न सक्नुहुन्छ । अब बस वा एरोब्रिज मार्फत टर्मिनलसम्म जानुहोस । एएरपोर्टमा भएको साइनबोर्डलाई पछ्याउदा सहज हुन्छ । अनि आफ्नो आफ्नो ब्यागेज काउन्टरबाट लिनुहोस् । यदी तपाइ अझै अर्को प्लेन चड्दै हुनुहुन्छ भने ब्यागेजको चिन्ता नगर्नुस । उक्त ब्याग तपाई जुन देश जाँदै हुनुहुन्छ त्यहि गएर पाउनुहुन्छ ।

२१. एएरपोर्टमा लगातार कयौं फ्लाइट ल्याण्ड हुन्छ, यसैले डिस्प्लेमा आफ्नो फ्लाइटको डिटेल देखाएपछी आफ्नो सामान मुभिंग बेल्टमार्फत आउँछ । यसमा तपाइले आधा घण्टासम्म पनि कुर्नुपर्ने हुनसक्छ ।

२२. फ्लाइटको नम्बर डिस्प्ले हुनासाथ आफ्नो लगेज लिनुहोस् वा खोज्नुस । अब तपाइँ आफु गएको एयरपोर्टबाट बाहिर निस्कन सक्नुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!