सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गरेका छौं । तर हाई आउने कारण त्यत्तिमै सिमित भने छैन् । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा हाई आउनुले गम्भीर स्वास्थ्य समस्याको संकेत गर्ने समेत बताएका छन् ।आखिर के कारणले आउने रहेछ त बढी हाई ?
१. मुटुमा समस्या : धेरै हाई आउने व्यक्तिलाई मुटुमा समस्या हुन सक्छ । शरीरमा अक्सिजनको कमी हुँदा मुटुले रक्तसञ्चार गराउन धेरै मिहनेत गर्नुपर्छ । त्यस्तो बेलामा छिन छिनमा हाई आउछ । कहिलेकाँही यस्तो अवस्था आईरहँदा हृदयघात समेत हुनसक्छ ।
२. थाइराइडमा समस्या : छिन छिनमा हाई आउनु हाइपोथाइराइडको संकेत पनि हुनसक्छ । शरीरमा थाइराइड हार्मोन कम भयो भने पनि यस्तो असर देखिन सक्छ ।
३. नशामा समस्या : हाम्रो शरीरको नशामा समस्या अर्थात नर्ब सिस्टममा गडबडी भयो भने पनि बारम्बार हाई आउने गर्छ । त्यसैले बारम्बार हाई आउदा होस गरौँ ।
४. निन्द्राको समस्या : निन्द्रा पुरा भएन भने वा स्लीप एप्निया नामक डिअर्डर भएका व्यक्तिलाई पनि असामान्य रुपमा धेरै हाई आउने समस्या देखिन्छ ।
५. शक्तिमा कमी : शरीरमा शक्ति कम हुँदा थकाई लाग्छ । यस अवस्थामा शरीरमा इनर्जी लेभल बढाउन धेरै अक्सिजन चाहिन्छ । यसैले पनि बढी हाई आउछ ।
६. औषधिको साईडइफेक्ट: कतिपयलाई औषधिको साइड इफेक्टले पनि बढी हाई आउने गरेको पाइन्छ ।
७. फोक्सोमा समस्या : ब्रेनमा अक्सिजनको मात्रा कम र कार्वनडाईअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्न जान्छ । यस्तो अवस्थामा हाई बढी आउछ । जसले गर्दा ब्रेनमा अक्सिजन जाने दर बढ्छ र फोक्सोबाट खराब हावा निक्लन्छ ।
८. तनाव : कतिपय अनुसन्धानको दावी छ कि तनाव बढ्दा मस्तिस्कको तापक्रम बढ्छ । यसले पनि हाई अलि बढी आउछ । यसरी हाई आउदा मस्तिस्कमा धेरै अक्सिजन आउछ र दिमाग ठंडा हुन्छ । एजेन्सीको सहयोगमा
यस बिषयमा तपाइको प्रतिक्रिया...!