‘आईएमई पे’ मार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५% क्यासब्याक

Posted on: 07 Jun, 2022

जेठ २४, काठमाडौँ | आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत सञ्चालित “आईएमई पे” र “फुडमान्डु” बीच सम्झौता भएको छ । 


सम्झौता अनुरुप यही जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आईएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा ५०० रूपैयाँ सम्म मात्र हुनेछ । 

यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा ५०० रूपैयाँ सम्म मात्र हुने आईएमई पेले जनाएको छ । 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!