टिकटकमा अब १० मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने

Posted on: 01 Mar, 2022

फागुन १७, काठमाडौँ । अहिले सामाजिक सञ्जालमध्ये टिकटकको लोकप्रियता बढ्दो छ। प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले यसलाई लम्बाएर १० मिनेट बनाउन लागेको छ । यसले अन्य भिडियो शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडियो अपलोड गर्न सकिने फिचर ल्याएको हो । 

सुरुवातको समयमा १५ सेकेन्डबाट सुरु गरेको टिकटकले यसको समय बढाउँदै १० मिनेट बनाएको छ । १० मिनेट सम्म अपलोड गर्न मिल्ने बनाएको कतिपय प्रयोगकर्ताको लागि नोटिफिकेसन प्राप्त भैसककेको 'द भर्ज'ले जनाएको छ । १० मिनेट भिडियोको लेन्थ लम्बाएपछि यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक भिडियो अपलोड हुने टिकटकले जनाएको छ । 

टिकटकले भिडियोको लम्बाई क्रमश बढाउँदै लगेपछि यसले अर्को गुगल स्वामित्वमा रहेको युट्युबलाई यसले चुनौती दिएको छ । युट्युवभन्दा छोटो भिडियो पनि सफल हुन्छ भन्ने टिकटकले नै प्रमाणित गरिदिएको छ । भिडिओ सेयरिङ एप टिकटकको यही विशेषतालाई पछ्याउँदै सन् २०२०मा इन्स्टाग्रामले रिल्स र युट्युबले सर्ट फिचर सार्वजनिक गरेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!