अमेरिका र क्यानडा बाहेक अन्य मुलुकमा २२ फेब्रुअरी देखि फेसबुकमा ‘जब्स’ अप्सन हट्ने

Posted on: 20 Feb, 2022

फागुन ८, काठमाडौँ । मेटाले अब फेसबुकमा ‘जब्स’ अप्सन हटाउने भएको छ । विगतमा विभिन्न संस्थाले फेसबुकको यो फिचर प्रयोग गरी जागिरका लागि आह्वान गर्न सक्थे ।

त्यस्तै काम खोज्नेले पनि सोही अप्सनबाट निवेदन दिन सक्थे । कम्पनीले यो सुविधा मंगलबार (२२ फेब्रुअरी) देखि हटाउन लागेको हो । तर कतिपय प्रयोगकर्ताले भने आफ्नो फेसबुक अकाउन्टबाट यो फिचर हटिसकेको समेत जनाएका छन् ।

मेटाले फेसबुक लाइट, फेसबुक एप र वेबबाट यो सुविधा हटाउने घोषण गरेको छ ।

अमेरिका र क्यानडा बाहेक अन्य मुलुकबाट यो सुविधा सधैंका लागि बन्द गर्ने कम्पनीले तयारी गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!