सरकारी 'सर्भर' डाउन, देशरभरका सरकारी सेवा प्रभावित

Posted on: 05 May, 2019

बैशाख २२, काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएपछि सरकारी कार्यालयका वेबसाइट चल्न छोडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । 

सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो । विशेष गरी कम्पनी रजिष्ट्रार मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् ।

सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ तरपनि  प्रयाप्त सुरक्षा व्यवस्था गर्न गर्न नसक्दा सामान्य समस्या आउँदा पनि सेवाग्राहीले दु:ख पाउँदै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!