सामसुङ जे ८ किन्दै हुनुहुन्छ ? के-के छन् फिचर- कति पर्छ मूल्य ?

Posted on: 03 Aug, 2018

साउन १८, काठमाडौं | नेपाली बजारमा सामसङको सस्तो र लोकप्रिय मोबाइल सेट आएको छ । नेपाली बजारमा ग्यालेक्सी जे ८ स्मार्टफोन भित्रिएको हो । 

यो सेटमा ६ इन्चको सुपर एमोल्ड इन्फिनिटी डिस्प्ले तथा डुअल क्यामेरा रहेको छ । सामसङ जे–८ मा ४ जीबी र्‍याम र ६४ जीबी रोम छ । त्यस्तै यो स्पार्टफोनमा रहेको इन्फिनिटीको सुविधाले ग्राहकलाई १५ प्रतिशत बढी स्क्रिन प्रदान गर्छ । साथै फोनमा १६ मेगापिक्सलको रियर सुटरको साथ १.७ अपार्चर तथा ५ मेगापिक्सेलको साथ १.९ अपार्चर क्यामेरा राखिएको छ । यो नीलो, कालो तथा गोल्ड कलरमा उपलब्ध हुनेछ । 

नेपाली बजारमा ग्यालेक्सी जे-८ मूल्य ३३ हजार ४ सय ९० रुपैया तोकिएकोले यो सामसुङ लेटेस्ट तथा सस्तो भनिएको छ । नेपाली बजारमा यो फोन खरिद गर्न चाहनेहरुले यही महिनाभर देशका सबै सहरमा पाउनेछन । फोनमा प्रयोग गरिएको आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा ब्याक ग्राउण्ड तस्बिरलाई सहजै छुट्याउन सकिने कम्पनीद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

यो फोनमा लाइभ फोकस तथा च्याट ओभर भिडियो जस्ता फिचर प्रयोग गरिएको छ । लाइभ फोकसबाट ब्याकग्राउण्ड फोटो खिच्नु अगाडि वा खिचिसकेपछि ब्लर बनाउन सकिन्छ भने च्याट ओभर भिडियोको मद्दतले प्रयोगकर्ताहरु भिडियो हेर्दै गर्दाको अवस्थामा पनि च्याट गर्न सक्ने विशेषता छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!