फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका नेपालका अर्याल मेटाको पहिलो नम्बरमा

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुकको कमजोरी पत्ता लगाएका नेपाली युवा समिप अर्याललाई फेसबुकको मातृ संस्था मेटाले ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो नम्बरमा समेटेको छ । मेटाले अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको रुपमा पहिलो नम्बरमा राखेको हो ।


नेपालकै विस्तृत दाहाल ७ औँ र सन्तबहादुर घर्तीमगर ९ औँ स्थानमा परेका छन् । एक क्लिकमै फेसबुक कब्जा गर्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएका कारण मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात हल अफ फेमको पहिलो स्थानमा राखेको अर्यालले फेसबुक पोष्टमा उल्लेख गर्नुभएको छ ।

ह्वाइट ह्याटलाई नैतिक सुरक्षा ह्याकरका रुपमा चिनिन्छ । यसअघि फेसबुकमा जुनसुकै एकाउन्ट एक क्लिक र शून्य क्लिकमै आफ्नो कब्जामा लिन सकिने कमजोरी थियो । त्यो पत्ता लगाएर जानकारी दिएका कारण मेटाले पहिलो नम्बरमा समेटेको उहाँको पोष्टमा उल्लेख छ ।

फेसबुकले यो कमजोरीलाई अहिले सुधार गरिसकेको छ । यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औँ स्थानमा पर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!