नेपाली बजारमा आयो ‘ग्यालेक्सी ए१५फाइभजी’, मूल्य कति ?

Posted on: 18 Feb, 2024

नेपाली बजारमा आयो ‘ग्यालेक्सी ए१५फाइभजी’, मूल्य कति ?

फागुन ६, काठमाडौँ | सामसङले ‘ग्यालेक्सी ए१५फाइभजी’ नेपाली बजारमा ल्याएको छ ।

ग्लालेक्सी ए१५ डिभाइसमा ‘एफएचडी’ प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर ‘एमोल्ड’ इन्फिनिटी-यू डिस्प्ले रहेको छ । ९० हर्ज रिफ्रेस रेर्टले स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज र प्रतिक्रियात्मक अनुभव हुने कम्पनीले जनाएको छ ।


अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, अद्भूत पर्फमेन्स र द्रुत फाइभ जी कनेक्टिभिटीका लागि अक्टा-कोर प्रोसेसर छ । ६/६४ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबीसम्मका विकल्पहरूमा ग्यालेक्सी ए१५ उपलब्ध छ ।

त्यस्तै अत्याधुनिक पछाडिको सेटअपमा ५० एपी वाइड-एंगल क्यामरा, ५ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामरा रहेको छ । १३ एमपी फ्रन्ट क्यामरा रहेको छ । ग्यालेक्सी १५ एन्ड्रोइड १४ मा चल्ने जनाइएको छ । सामसङको प्रयोग गर्न सजिलो ‘वान युआई ६.० रहेको छ, जसले अनुकूल इन्टरफेस दिन्छ र सजिलैसँग कष्टमाइज गर्न सकिन्छ ।

सामसङका अनुसार नेपाली बजारमा ग्यालेक्सी ए१५ को मूल्य २९ हजार ९९९, २७ हजार ९९९, २९ हजार ९९९ र ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ । जसका लागि शून्य प्रतिशत ब्याजमा झन्झटमुक्त ईएमआई सेवा र सजिलो प्रोसेसिङद्वारा एक घण्टाभित्र प्राप्त गर्न सक्ने सुविधा समेत उपलब्ध गराइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!